बुटवलको कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न
शुक्रबार, १४ जेठ २०७८, २२ : २७

लगातार आएको बर्षाले बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्ष पानी चुहिएर जलमग्न भएको छ ।
आज दिउँसोबाट आइसीयू कक्षमा पसेर समस्या उत्पन्न गराएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । तीन दिन देखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको उनको भनाई छ ।
सुरुमा एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी उठाएर फ्याँक्ने गरिएको छ । लगातारको वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपूर्ति प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले बताए । समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । उक्त अस्पतालमा हाल १३ जना संक्रमित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
-
नाडा अटो शो २०२५ को रजिस्ट्रेसन सुरु
-
नागरिकलाई गुणस्तरीय सेवा दिन सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री लामा