बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न

शुक्रबार, १४ जेठ २०७८, २२ : २७
शुक्रबार, १४ जेठ २०७८

लगातार आएको  बर्षाले बुटवल  धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्ष पानी चुहिएर जलमग्न भएको छ ।
आज दिउँसोबाट आइसीयू कक्षमा पसेर समस्या उत्पन्न गराएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । तीन दिन देखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको उनको भनाई छ । 
सुरुमा एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी उठाएर फ्याँक्ने गरिएको छ ।  लगातारको वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपूर्ति प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको अस्पतालका कोरोना फोकल पर्सन डा.नन्दु पाठकले बताए । समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।  उक्त अस्पतालमा हाल १३ जना संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप