स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न मन्त्रालयको माग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका हुन् ।
उनी घटनामा संलग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (सहित) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरेका हुन् । यही जेठ १३ गते राती एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उनले सङ्क्रमणको महामारीमा रोकथाम, नियन्त्रण र उपचारको सबभन्दा भरपर्दो सारथी स्वास्थ्यकर्मी भएकोले उनीहरुलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाउन समेत अनुरोध गरेको छ ।
सहप्रवक्ता डा.अधिकारीले सङ्क्रमणको महामारीमा आफ्नो पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मी माथि आफ्नै कार्यस्थलमै साङ्घातिक हमला हुने खालका क्रियाकलाप दिनानुदिन हुँदै जानु लज्जास्पद भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन शाहद्वारा तीनकुने घटनाका पीडित परिवारलाई भेट, निष्पक्ष छानबिनको माग
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार