बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रुपान्तरण

शुक्रबार, १४ जेठ २०७८, १९ : ४१
शुक्रबार, १४ जेठ २०७८

छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरण लाभग्राही सूचीमा सूचीकृत भएका २४ हजार ७४४ लाभग्राही पुनः निर्माणमा रुपान्तरण भएका छन् । आज जारी आर्थिक  सर्वेक्षणमा ६५ हजार २३१ प्रबलीकरण लाभग्राहीमध्ये गत फागुन मसान्तसम्म ५३ हजार १२७ ले पहिलो किस्ता वापतको रु ५० हजार लिएको उल्लेख छ । प्रबलीकरण सम्पन्न गरी दोस्रो किस्ताको थप रु ५० हजार लिने लाभग्राही ४१५ मात्र छन् ।

निजी आवास प्रबलीकरणका लागि दुई किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ । फागुन मसान्तसम्म आठ लाख ५५ हजार १६६ भूकम्प पीडित लाभग्राहीको पहिचान भएको छ । कुल लाभग्राहीमध्ये ९४.८ प्रतिशतसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गरेकामध्ये ९९.७ प्रतिशतले पहिलो किस्ता लिएका छन् । ८५.९ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । ७८.५ प्रतिशतले तेस्रो किस्ता लिएका छन् । ७३.१ प्रतिशतले घर निर्माण सम्पन्न गरेको  सर्वेक्षणमा उल्लेख गरिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले निजी आवास क्षतिग्रस्त भई लाभग्राही सूचीमा सूचीकृत भएका भूकम्प पीडितलाई तीन किस्तामा गरी रु तीन लाख अनुदान दिने कार्यविधि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिइन्छ । चालू आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप