शाओमीले लेटेस्ट मी फ्ल्यागशिप नेपालमा लन्च गर्दै, मे ३०बाट बजारमा

काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउण्ड ब्रेकिङ्ग लगायतका सुविधाहरु सहित डेब्यु गरेको छ ।
यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘ब्रान्ड मीको उद्देश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियममात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौं । जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो ।’
मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट रहोराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ । मी ११ अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गर्ने पनि जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी सुशासन खै भन्छौँ, सरकार प्रहरी कुटदैछौँ भन्छ : मनिष झा
-
पब्लिक यूथ क्याम्पसको स्ववियु निर्वाचन
-
कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना, तस्बिरहरू
-
कोशी प्रदेश : विपक्षी दलको बैठक सुरु
-
ज्ञानेन्द्रको उक्साहटमा संविधानविपरीत कार्यहरू भए, नियन्त्रण गर्नुपर्छ : महेश बर्तौला
-
हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु