आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ४९ लाख प्रदान

शुक्रबार, १४ जेठ २०७८, १९ : १५
शुक्रबार, १४ जेठ २०७८

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख रुपैयाँ प्रदान गरेको छ । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र ७ लाखका दरले जम्मा ४९ लाख सहयोग गरेको हो। 

उल्लेखित सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी समय समयमा विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड १९ को संक्रमणबाट उत्पन्न परिस्थितिमा सरकारसँग हातेमालो गर्ने निर्णय स्वरूप सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप