कोभिडका बिरामीको उपचारमा हेलचेक्रयाई नगर्न उच्च अदालतको आदेश
शुक्रबार, १४ जेठ २०७८, १९ : ००

उच्च अदालत जनकपुरले प्रदेश २ सरकारलाई जनताको स्वास्थ्यसँग खेलवाड नगर्न आदेश दिएको छ । प्रदेश २ मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याई नगर्न अदालतले आदेश दिएको हो ।
अधिवक्ता राजकुमार महासेठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको छ । न्यायाधीश डालकुमार खडकाको एकल इजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी हुँदाहुँदै बिरामीलाई अन्य अस्पतालमा नपठाउन समेत आदेश दिएको छ ।
अदालतले प्रादेशिक अस्पतालमा भएका कोभिडका बिरामीको विवरण प्रत्येक हप्ता बुझाउन समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यवस्थापनमा ८९० जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल