बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिमण्डल  विस्तार, को-को परे ?

शुक्रबार, १४ जेठ २०७८, १८ : ४७
शुक्रबार, १४ जेठ २०७८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल  विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मानबहादुर सुनार, अर्चना गहतराज र मना साउद नियुक्त भएका छन् । चौधरी, गहतराज र साउद एमाले र सुनार नेकपा माओवादीका हुन् । मन्त्रिपरिषदमा दोस्रो वरियताका मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। योसँगै सुदूरपश्चिममा ११ सदस्यीय मन्त्रिमण्डल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप