शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १४ जेठ २०७८, १८ : २४
शुक्रबार, १४ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा ८०८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

डा.शर्माका अनुसार कास्कीका २०९, म्याग्दी १२, स्याङ्जा ५१, बाग्लुङ १३२, पर्वत १३३, तनहुँ ५४, गोरखा ७७, लमजुङ ४, नवलपुर १३४, मनाङमा १ र मुस्ताङका १ जनामा संक्रमण देखिएको हो ।   योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४० हजार ४९५  पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप