शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

शुक्रबार, १४ जेठ २०७८, १८ : ०९
शुक्रबार, १४ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका ३० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा १२, स्याङजा ३,गोरखा ३, नवलपरासी पूर्व १,पर्वत २, तनहुँ ६,मुस्ताङ २, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२२ का ४५ वर्षीय पुरुष, पोखरा–१९ का ३३ वर्षीय पुरुष,पोखरा–१३ का ६० वर्षीय महिला, पोखरा–१८ की ६८ वर्षीय महिला, पोखरा–१५ की ९४ वर्षीय पुरुष,पोखरा–३२ की ५१ वर्षीय महिला, पोखरा–१४ का ५० वर्षीय पुरुष, पोखरा–११ का ५३ वर्षीय पुरुष, पोखरा–१४ की २९ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी दाङको घोराही–१५ की ६० वर्षीय महिला,दाङकै घोराइ–१६ का ४२ वर्षीय पुरुष, बारा जिल्लाको कोल्हिवी–२ का ७१ वर्षीय पुरुष, पर्वतको महाशिला–१ का ६३ वर्षीय पुरुष,जलजला –७ की ६२ वर्षीय महिला,,तनहु घिरिङ–१ का २४ वर्षीय पुरुष, भानु नगरपालिका –११ की २५ वर्षीय महिला,भिमाद–६ की ७७ वर्षीय महिला,शुक्लागण्डकी–७ का ४८ वर्षीय पुरुषको समेत उपचारका क्रममा पोखराका अस्पतालहरुमा मृत्यु भएको हो । 

तनहुँको म्यादे–२ का ६० वर्षीय पुरुष, शुक्ला गण्डकीका ४८ वर्षीय पुरुष, गोरखाको बारपाक शुलीकोट–१ का ७० वर्षीय पुरुष, बारपाक शुलीकोट–२ का ८३ वर्षीय पुरुष, बारपाक शुलीकोट–१ की ३८ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी मुस्ताङ थसाङ–४ का ६२ वर्षीय पुरुष, धरपजोङ–४ का ६५ वर्षीय पुरुष, स्याङजा, वालिङ–२ की ७३ वर्षीय महिला, पुतलीबजार–९ की ७४ वर्षीय महिला, हरिनाश–४ का ७७ वर्षीय पुरुष, नवलपरासी पूर्व गौडाकोट– ४ का ५८ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी बागलुङ तमानखोला–५ की ६७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा धौलागिरि अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप