राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आजैबाट मौन अवधि लागू हुने
काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरण
गराएको छ ।
साथै आयोगले मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउन आयोगले आग्रह गरेको छ । एस.एम.एस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले उल्लिखित आचरणहरू पालना गर्न गराउन आयोगले अनुरोध गरेको छ । जेठ १७ गते सोमबारको लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।
उक्त उपनिर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह