शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

शुक्रबार, १४ जेठ २०७८, ११ : ४५
शुक्रबार, १४ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह चार बजेपछि हुनेछ । 

संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर,  गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप