सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

'किस कन्ट्रोभर्सी' भुलेर राखी र मीकाले मारे  अँगालो

शुक्रबार, १४ जेठ २०७८, १० : ५२
शुक्रबार, १४ जेठ २०७८

मुम्बई । अभिनेत्री तथा मोडल राखी सावन्त र गायक मीका सिंह बीच २००६ मा ठूलै बिवाद भएको थियो । 

उक्त समय मीकाले आफ्नो जन्मदिनमा राखीलाई जर्बजस्ती किस गरेका थिए । सोही कारण राखीले मीकाको बिरुद्ध दुब्र्यवहारको केस दर्ता गराएकी थिइन् । 

सो समय मीकाले भनेका थिए पहिले आफुलाई राखीले किस गरेकी थिइन् । सो बिवाद पछि राखी र मीका एकसाथ कहिलै देखिएका थिइनन् ।

उनीहरुको बीचको बिवाद भएको अहिले लामो समय भएको छ । त्यसैले होला अहिले यी दुबै एउटै भिडियोमा देखिएका छन् । भिडियोमा राखी र मीकाले एक अर्कालाई अंकमाल र तारिफ गरेको देख्न सकिन्छ ।

भिडियोमा राखीले जव मीकालाई आफु तर्फ आउदै गरेको देख्छिन् त  त उनी ‘सिंह इज किङग’ ‘सिंह इज किङ्ग’ भन्ने गर्छिन् ।

‘नजिकबाट जादै थिए । राखीले देखे र उनलाई इग्नोर गर्न सकिन’ मीकाले भनेका छन् । 

भिडियोमा राखीले हामी साथी भएको भन्दै मीकाको खुट्टा समेत छोएको देख्न सकिन्छ ।

भिडियोमा मीकाले राखीको तारिफ गर्दै ‘बिग बास १४’ उनको कारणले हिट भएको बताउदा राखीले सिंह मनकारी भएको मानिसलाई सहयोग गर्ने गरेको बताएकी छन् ।

राखी ‘बिग बास १४’मा च्यालेन्जरको रुपमा भित्रिएकी हुन् । सो कार्यक्रममा दर्शकलाई निकै मनोरञ्जन समेत दिलाएकी थिइन् । उनी शोको फाइनल प्रतियोगी मध्येकी एक पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप