मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

डा.रणजीतको गीत ‘नसोध मलाई..’मा स्वास्थ्यकर्मीको कथा

शुक्रबार, १४ जेठ २०७८, १० : ३१
शुक्रबार, १४ जेठ २०७८

कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियता पूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा गायक तथा संगीतकार हुन् । 

डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत ‘नसोध मलाई..’ ल्याएका छन् ।

गीतले संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र ब्यक्त गरिएका छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएको बिषय समेत समेटिएको छ ।

डा.झाको स्वर रहेको गीतमा गिरिराज निरौलाको शब्द तथा संगीत रहेको छ । लोक शैलीमा तयार गीतमा गीतमा महाराज थापाको संगीत संयोजन छ  ।

गीतको भिडियोमा निशान कश्यपले निर्देशन गरेका हुन् । जसमा महेश खड्का तथा सुशीला थापाको अभिनय देख्न सकिन्छ ।  भिडियोमा गायक डा.झा पनि प्रस्तुत भएका छन् । 

भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईंको छायाँंकन रहेको भिडियो निर्देशक कश्यपलेनै सम्पादन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप