स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध : जनार्दन शर्मा

माओवादी केन्द्रका नेता जनार्दन शर्माले महामारीको समयमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गरेका छन् । शुक्रबार विहान सामाजिक सञ्जालमार्फत भेरी अस्पतालमा कोरोना संक्रमितको निधनपछि आक्रोशित आफन्त स्वास्थ्यकर्मीमाथि नै आक्रमणमा उत्रिएपछि उनले सरकारलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि वार्डमै आक्रमण गर्नु जघन्य अपराध भएको उनको भनाइ छ । उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको शर्माले बताए ।
उनले लेखेका छन्, 'दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस् ।' सत्ताको अराजकता सबैतिर फैलिनु गम्भीर विषय भएको शर्माले बताए । 'म स्वास्थ्यकर्मीको साथमा छु,' उनले भनेका छन् ।
विहीबार राति बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको थियो । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीपीएनबाट मोबाइल बैंकिङ एप नचल्ने, ‘इन्टरनेट बैंकिङ’ हट्यो
-
संसद्बाट स्वीकृत ५ अध्यादेश कानुन बन्न चैत १८ भित्र प्रतिस्थापन विधेयकका रूपमा पारित हुनुपर्ने
-
‘नेपालसँग यस्तो सम्बन्ध राख्नुपर्छ, जसले चीनका लागि मैदान खाली नहोस्’
-
एमाले मोरङ मतगणना : अध्यक्ष ओलीको समर्थन पाएको प्यानल पछाडि
-
सहसचिवलाई उपसचिवको अन्डरमा राखेर काम गराउन पाइँदैन : डा.मिश्र
-
८ हजार १५५ जना सहकारी पीडितको १ अर्ब ६७ करोड ६७ लाख २० हजार ५८ रुपैयाँ बचत फिर्ता