भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी

एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती