शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

अभिनेत्री किरण खेर अस्पताल भर्ना

बिहीबार, १३ जेठ २०७८, २० : ४८
बिहीबार, १३ जेठ २०७८

मुम्बई । अभिनेत्री तथा भाजपा सांसद किरण खेर अस्पताल भर्ना भएकी छन् । उनलाई बिहीबार बिहान मुम्बईको कोकिलाबेन अम्बानी अस्पताल भर्ना गरिएको हो ।

पछिल्लो समय क्यान्सरसँग लड्दै आएकी खेरको बिहीबार नै बोन म्यारो सर्जरी गरिएको छ । करिब तीन घन्टा चलेको सर्जरीमा उनको बोन म्यारोको क्यान्सरसम्बन्धी बोन निकाल्ने कोशिश भएको थियो ।

अस्पतालमा उनको साथमा पति अनुपम खेर समेत रहेका छन् । किरण क्यान्सर पीडित भएको समाचार गत १ अप्रिलमा मिडियामा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप