धरानमा युवाहरुको समूहद्वारा प्रहरी चौकीमा आक्रमण,एक प्रहरी घाइते

विराटनगर । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् । ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूले एक्कासि आक्रमण गरेछन्, त्यहाँ कार्यरत असई साब घाइते भएर उपचारको लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ,’उनले भने ।
उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट लागेको बताइएको छ । घटनाको थप विवरण आउने बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीमाथि आक्रमण गर्ने युवाहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’
-
आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह
-
सुन तस्करी विवादमा मुछिएका सहसचिव अधिकारीको बागमती प्रदेशमा सरुवा
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी