बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा युवाहरुको समूहद्वारा प्रहरी चौकीमा आक्रमण,एक प्रहरी घाइते

बिहीबार, १३ जेठ २०७८, २० : ४४
बिहीबार, १३ जेठ २०७८

विराटनगर । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले  धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा  चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् ।  ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूले एक्कासि आक्रमण गरेछन्, त्यहाँ कार्यरत असई साब घाइते भएर उपचारको लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ,’उनले भने ।

उनलाई खुकुरी प्रहार गरिएको र हातमा चोट लागेको बताइएको छ । घटनाको थप विवरण आउने बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । घाइते दाहाललाई उपचारका लागि  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीमाथि आक्रमण गर्ने युवाहरुको खोजी कार्यमा प्रहरी परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  आक्रमणको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप