शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साँफेबगर स्वास्थ्य केन्दलाई प्रभु क्यापिटलद्वारा स्वास्थ्य सामाग्री सहयोग

बिहीबार, १३ जेठ २०७८, १९ : ५७
बिहीबार, १३ जेठ २०७८

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत सम विकास नेपाललाई सहयोग गरेको छ ।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । क्यापिटलले पुनः प्रयोग गर्न मिल्ने मास्क, साबुन, स्यानिटाइजर (१०० मिलिलिटर), पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड, आकस्मिक खाद्य सामाग्री, सिटामोललगायत सहयोग गरेको हो ।

सम विकास नेपालले ती स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेशन केन्द्रमा कोभिड–१९ का बिरामीहरुलाई वितरण गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप