शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा

बिहीबार, १३ जेठ २०७८, १९ : २६
बिहीबार, १३ जेठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कास्कीमा क्रियाशील पाँच राजनीतिक दलले निन्दा गरेका छन् ।  नेपाली काँग्रेस पोखरा महानगर सह सभापति राजेन्द्रमणि लामिछाने, नेकपा (माओवादी केन्द्र) पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने, नेकपा (एमाले) पोखरा महानगर अध्यक्ष मुक्तिनाथ पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष टिकाराम पौडेल र राष्ट्रिय जनमोर्चा पोखरा महानगर अध्यक्ष विष्णु पुरीले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी उक्त कार्यको निन्दा गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वभौम सम्पन्न प्रतिनिधि सभा विघटन गरी असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र राष्ट्रघाती कदम चालिएको भन्दै भत्र्सना गरिएको छ ।  राष्ट्रपतिबाट संविधान रक्षाको भूमिका निर्वाह गर्नुपर्ने बेलामा प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरी जेठ ८ गते मध्यरातमा चुनावको घोषणा गर्नु ०७७ पुष ५ का पुनरावृत्ति भएको ठहर गरिएको छ । 

विज्ञप्तिमा नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ । विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप