कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै
सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ ।
आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २१ हजार २ ९६ जनालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
पीसिआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय १९ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २१ हजार २९६ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ९ जनाले कोरोना जितिसकेका छन् । हाल आइसोलेशनमा ६ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका चार र सुर्खेतका एकजना रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन