गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । प्रदेशका ९ वटा जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा ७७३ महिला र ९६० जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए ।
निर्देशक डा.शर्माकाअनुसार कास्कीमा ४४५, बागलुङ ४१६, गोरखा २१९,नवलपरासी पूर्व १११, तनहुँ १७०, स्याङजा ९५, म्याग्दी ९३, लमजुङ ६५ र पर्वत ११९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३९ हजार ६६७ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?