शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, १३ जेठ २०७८, १८ : ०९
बिहीबार, १३ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  प्रदेशका ९ वटा जिल्लामा पछिल्लो २४ घण्टामा ३ हजार ३९९ जनामा गरिएको नमूना परीक्षणमा ७७३ महिला र ९६० जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । 

निर्देशक डा.शर्माकाअनुसार कास्कीमा ४४५, बागलुङ ४१६, गोरखा २१९,नवलपरासी पूर्व १११, तनहुँ १७०, स्याङजा ९५, म्याग्दी ९३, लमजुङ ६५ र पर्वत ११९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ३९ हजार ६६७ पुगेको छ ।  गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप