मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

बिहीबार, १३ जेठ २०७८, १७ : ४७
बिहीबार, १३ जेठ २०७८


गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो ।  विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्र रुपमा बृद्धि भएपनि बुधबार भने जम्मा ७ जनाको मात्र मृत्यु भएको थियो । तर, बिहीबार पुनः मृतकको संख्या बृद्धि भएर पछिल्लो २४ घण्टामा १७ पुगेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ६, स्याङजा ४, नवलपरासी पूर्व ३, पर्वत २ तनहुँ १ र लमजुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–२२ का ४५ वर्षीय पुरुष, पोखरा–१९ का ३३ वर्षीय पुरुष, पोखरा–१३ का ३५ वर्षीय पुरुष, पोखरा–१३ का ५४ वर्षीय पुरुष, पोखरा–२० की ८३ वर्षीय महिला र कास्की अन्नपूर्ण –४ की ८५ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी नवलपरासी पूर्व गैडाकोट–५ की ४० वर्षीय महिला, गैडाकोट–१० की ६४ वर्षीय महिला, त्रिवेणी–७ का ५५ वर्षीय पुरुष, स्याङजा, वालिङ–१४ का ४६ वर्षीय पुरुष, हरिनास–३ की ४५ वर्षीय महिला, पुतलीबजार–१ का ५३ वर्षीय पुरुष, हरिनास –४ का ७२ वर्षीय पुरुष रहेका छन् । 

त्यसैगरी म्याग्दीको बेनी–७ का ६३ वर्षीय पुरुष र तनहुँको शुक्लागण्डकी–८ की ५३ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै पर्वतको जलजला–३ का ४४ वर्षीय पुरुष र जलजला –९ का ८० वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९४ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप