बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार घटे पनि हालसम्मकै उच्च कारोबार

बिहीबार, १३ जेठ २०७८, १६ : ४८
बिहीबार, १३ जेठ २०७८

सेयर बजारमा  सूचक १.२० अंकले घटेर २८१५.३९ विन्दुमा अडिएको छ । तर बजार घट्दा पनि कारोबार रकम भने हालसम्मकै उच्च भएको छ ।  २ सय १५ कम्पनीको ४ करोड १८ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको हो । यसअघि धेरै जेठ १० गते १३ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । सो रेकर्डलाई बिहिबारको कारोबारले ब्रेक गरेको छ । 

कारोबार रकममा अपी हाइड्रोपावर अगाडि छ । यसको सेयर ४३ करोड २८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली र चिलिमे हाइड्रोपावरको बढी कारोबार भएको छ । तीनवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको  छ । आज हाइड्रोपावर कम्पनीहरु चम्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप