शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम

बिहीबार, १३ जेठ २०७८, १६ : ०९
बिहीबार, १३ जेठ २०७८

नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई क्रिटिकल केयर तालिम सुरु गरेको छ । 
अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो । 

विरामीको उपचारका लागि अक्सिजन, औषधी तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफु सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ । तालिममा आफु सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भेन्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए । 

विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागी गराइने महासचिव डाक्टर रिजालले जानकारी दिए । ५ वटा समूहमा विभाजन गरेर  २/२ दिनको दरमा १० दिन सम्म तालिम सञ्चालन गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप