शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अधिवक्ता लोकेन्द्र ओलीको बहस : राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभयो

बिहीबार, १३ जेठ २०७८, १३ : १६
बिहीबार, १३ जेठ २०७८

अधिवक्ता लोकेन्द्र ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कै अदालतको फैसलाविपरीत गएर अदालतको मानहानी गरेको जिकिर गरेका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटको पक्षमा बहस गर्दै उनले हाम्रो प्रतिनिधिसभा प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा भएको भन्दै  नियुक्ति र पदमुक्त यहीँबाट हुने जिकिर गरे । 

‘यो प्रधानमन्त्री बन्ने र पदमुक्त हुने व्यवस्थाको संघीय संसदको प्रतिनिधिसभा हो । नियुक्ति र पदमुक्त यहीँबाट हुने हो’, उनले भने, ‘ओलीले विश्वासको मत लिन पुग्नुभएन । ११ फागुनको पूर्णपाठ नआउँदै हामी जनताको दुर्भाग्य हेर्नुहोस् त, प्रधानमन्त्री संसदमा प्रवेश गर्नुभएन । राष्ट्रपति र प्रधानमन्त्रीले मानहानी गर्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप