शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इजलासमा प्रश्न : राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो ?

बिहीबार, १३ जेठ २०७८, १२ : ५६
बिहीबार, १३ जेठ २०७८

अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दावी गर्दै पुनःस्थापनाको माग गरेका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहसका क्रममा उनले भने,‘मध्यरातमा समय नदिइ विघटन भयो । राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो ? प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भनेपनि स्पष्ट छैन । तसर्थ, पुनर्स्थापना होस् ।’

यस्तै अधिवक्ता तुलसी पराजुलीले ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे । ७६ (३) बमोजिम नियुक्तले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानू गैरसंवैधानिक छ’ उनको जिकिर छ ।   प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप