बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको ९० दिनको अल्टिमेटम

बिहीबार, १३ जेठ २०७८, ११ : ५६
बिहीबार, १३ जेठ २०७८

कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् ।

बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र यसको रिपोर्ट पेश गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको सबैभन्दा पहिलो मामिला डिसेम्बर २०१९ मा चीनको ऊहान शहरमा भेटिएको थियो । त्यतिबेलादेखि हालसम्म संसारभरी यसका १६ करोड ८० लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् र कम्तीमा ३५ लाखको ज्यान गइसकेको छ ।

चिनियाँ प्रशासनले संक्रमणको पहिलो सम्बन्ध ऊहानको एउटा सीफूड मार्केटसँग भएको पाएको थियो । वैज्ञानिकले यो भाइरस जनावरबाट मानिसमा पुगेको मान्यता राखेका छन् ।

तर हालै अमेरिकी मिडियामा सार्वजनिक भएको खबर अनुसार केही प्रमाण यस्ता पनि छन् जसले यो भाइरस चीनको एक प्रयोगशालाबाट लिक भएको भन्नेतफए इशारा गर्दछ ।

तर चीनले यसलाई ठाडो अस्वीकार गर्ने गर्छ । साथै चीनले यो भाइरस अमेरिकाको कुनै प्रयोगशालाबाट निस्किएको बताउने गर्छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप