शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश पूर्वप्रमुख मल्लको निधनमा देउवाद्वारा दुःख व्यक्त

बिहीबार, १३ जेठ २०७८, ११ : ११
बिहीबार, १३ जेठ २०७८

नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार एक शोक वक्तव्यमार्फत गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

 कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य समेत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप