सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

बिहीबार, १३ जेठ २०७८, १० : ५१
बिहीबार, १३ जेठ २०७८

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।

नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी पाइएको छ ।

भारतमा हालसम्म २.७३ करोड मानिस संक्रमित भइसकेका छन् भने यसमध्ये २.४६ करोड निको पनि भएका छन् । मृतकको संख्या ३.११ लाख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप