भिल्लरियाललाई पहिलोपटक युरोपा लिग उपाधि, म्यानचेस्टर पराजित
म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदै भिल्लरियालले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लरियालले जितेको यो पहिलो ठूलो युरोपेली उपाधि हो । खेलको २९ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लरियललाई अग्रता दिलाएका थिए । इडिन्सन काभानीले ५५ मिनेटमा म्यानचेस्टरबाट बराबरी गोल फर्काए ।
त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोलीले थप गोल गर्न सकेनन् । पेनाल्टी सुटआउटमा दुबै क्लबका १०–१० खेलाडीले गोल गरे । त्यसपछि गोलकिपरको पालो आयो । भिल्लरियालका गोलकिपर गोरोनिमो रुल्लीले पहिले गोल गरे । र, म्यानचेस्टरका गोलकिपर डेभिड डि गियाको प्रहारलाई रोके ।
भिल्लरियलका प्रशिक्षक उनई इमरीका लागि व्यक्तिगत रुपमा यो चौथो युरोपा लिग उपाधि हो । उनले यसअघि २०१३ देखि २०१६ सम्म लगातार तीन सिजन सेभियालाई युरोपा लिग च्याम्पियन बनाएका थिए ।
जितसँगै भिल्लरियलले आगामी वर्षको च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । फाइनलिस्ट म्यानचेस्टर भने इंलिस प्रिमियर लिगमा दोस्रो स्थान हासिल गरेकाले यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान