हेटौंडा अस्पताललाई नेपाल जेसीजको अक्सिजन सहयोग

मकवानपुर । हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन अभाव भएसँगै मकवानपुरमा सक्रिय रहेका सामाजिक संघ–संस्थाहरुले दैनिक रुपमा अक्सिजन सिलिन्डर सहयोग गरिरहेका छन् । जिल्लामा विभिन्न सामाजिक काम गरिरहेका व्यवसायिक संस्था, राजनीतिक दल लगायत लायन्स तथा रोटरी क्लबहरुले अस्पतालमा अक्सिजन अभाव टार्न महत्वपूर्ण भूमिका खेलेको हेटौंडा अस्पतालले जनाएको छ ।
सोही क्रममा बुधबार हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन नेपाल जेसिसले १ सय १ वटा अक्सिजन सिलिन्डर सहयोग हस्तान्तरण गरेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको उपचारमा लागि अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यले नेपाल जेसिसले उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हेटौंडा जेसिसका अध्यक्ष लिसेन बस्नेतले बताए । नेपाल जेसिसले संक्रमितको उपचारका लागि अक्सिजन सहयोग गर्ने अभियानको सुरुवात हेटौंडा अस्पतालबाट गरेको र सो कार्य अन्य जिल्लाहरुमा पनि गर्ने योजना रहेको उनले बताए ।
नेपाल जेसिसका अध्यक्ष अरुणेश्वर खनाल, कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालले संयुक्त रुपमा मदन भण्डार स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका रजिष्टार राजेश प्रसाईं र अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रामचन्द्र सापकोटालाई बुधबार एक कार्यक्रमका बीच उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।
मकवानपुरमा अक्सिजन प्लान्ट नहुँदा संक्रमितहरुको उपचारमा प्रयोग हुँदै आएको अक्सिजन अभावलाई केही हदसम्म समाधान होस् भन्ने अक्सिजन सहयोग गरेको अध्यक्ष खनालले बताए । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न काम गर्दै आएको जेसिसले समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस्ता सामाजिक काम पनि गरिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म