बेलायतमा कोरोना संक्रमण दर फेरि उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख ७० हजार २९७ पुगेको छ ।
मृतक संख्यामा भने निरन्तर कमी आएको छ । पछिल्लो २४ घन्टामा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख २७ हजार ७४८ पुगेको छ ।
बेलायतमा ६ करोड १९ लाख बढीले लगाए खोप
बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड १९ लाख ९५ हजार मात्रा खोप वितरण भइसकेको छ । जसमध्ये तीन करोड ८३ लाख ७८ हजार ५६४ जनाले खोपको पहिलो मात्रा लागेका छन् भने दुई करोड ३६ लाख १६ हजार ४९८ जनाले खोपको दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ । मंगलबारसम्मको सरकारी तथ्याँकअनुसार ७२.९ प्रतिशतले पहिलो र ४४.८ प्रतिशतले दोस्रो मात्रा लगाएका हुन् ।
‘इन्डियन भेरियन्ट’बाट २१ वर्ष मुनिका बढी जोखिम
कोरोना महामारीका क्रममा पछिल्लो समयमा बढी घातक सावित भएको ‘इन्डियन भेरियन्ट’ २१ वर्ष भन्दा कम उमेरका लागि बढी खतरा हुने वैज्ञानिकहरुले जनाएका छन् । प्राप्त तथ्याँकअनुसार २१ वर्षभन्दा कम उमेरका मानिसमा इन्डियन भेरियन्ट’ बढी संक्रमित देखिएको बेलायतस्थित इम्पेरीयल कलेज लन्डनका प्रोफेसरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा