सर्वोच्चले नियूक्ति बदर गरेका ७ पूर्वमन्त्रीले छोडेनन् पुल्चोक मन्त्री क्वाटर

सर्वोच्च अदालतले गत जेठ ६ गते नियुक्ति बदर गरेका ७ पूर्व मन्त्रीहरुले मन्त्री क्वाटर पुल्चोक छाडेका छैनन् । फैसला भएको एक सातासम्म पनि उनीहरुले मन्त्री निवास नछोडेका हुन् । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटले पनि ७ पूर्वमन्त्रीको नाम हटाइसकेको छ ।
अहिले पुल्चोकस्थित मन्त्री निवासमा सबै पूर्वमन्त्री रहेको र छिट्टै आफ्नो निवास फर्कने तयारीमा रहेको पूर्व मन्त्री दावा तामाङले बताए । यस्तै अर्का पूर्वमन्त्री पूर्वमन्त्री गौरीशंकर चौधरीले कोरोना संक्रमण भएर उपचारमा लाग्नु परेकाले केही समय लागेको जानकारी दिए ।
उनले भने– ‘अब छोड्ने हो । कोरोना र लकडाउनले गर्दा मात्रै हो रोकिएको । भाडा तिरिराखेकै पहिलेको फ्ल्याट छ, छिट्टै त्यसमै सर्छौ ।’ गैर सांसदलाई पुन मन्त्रीमा नियुक्त गर्नु असंवैधानिक रहेको भन्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले सर्वोच्चमा छुट्टा छुट्टै रिट दायर गरेका थिए । संविधानको धारा ७८ को उपधारा १ बमोजिम नियुक्त भएका गैर सांसद मन्त्रीहरुलाई मन्त्रीको रुपमा काम कारवाही नगर्नु र गर्न नदिनु भन्दै सर्वोच्चले फैसला सुनाएको थियो ।
सो फैसलापछि गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानी मन्त्री मणिचन्द्र शाह, श्रममन्त्री गौरीशंकर चौधरी र यूवा तथा खेलकुद मन्त्री दावा तामाङको मन्त्री पद गएको थियो । तामाङ र थापा बाहेक अन्य ५ जनालाई एमालेमा गएको भन्दै माओवादी केन्द्रले सांसद पद खारेज गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी सरकार बनाउने र गिराउने दाउमा छैन : उपाध्यक्ष श्रेष्ठ
-
प्रदेश खेलकुद विकास संशोधन विधेयक प्रमाणीकरण
-
प्रदेशको समृद्धिलाई मूल लक्ष्य बनाएर काम गरिरहेका छौँ : मुख्यमन्त्री शाह
-
जात–जातमा फाटो ल्याउने कानुन बनाएर राणाशासकको अत्याचार र प्रजातन्त्रको आधार
-
सानिमा बैंकले गर्यो १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर
-
अवैध आप्रवासीलाई कसरी फिर्ता पठाउँछ अमेरिकाले ? ह्वाइट हाउसले जारी गर्यो भिडियो