बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्टेरोइड र एन्टिबायोटिक औषधि जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

बुधबार, १२ जेठ २०७८, २० : ५१
बुधबार, १२ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् । 

स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखापर्ने उनको भनाइ छ । जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको उनको भनाइ छ ।

त्यस्ता औषधिले शरीरमा सुगर लेभल बढाउने लगायतका आदि समस्या देखिने हुँदा विशेषज्ञको सल्लाहबिना प्रयोग नगर्न उनले अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप