सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विवाद मिलेसँगै सञ्चालनमा आयो नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीको पुल

बुधबार, १२ जेठ २०७८, १९ : ५४
बुधबार, १२ जेठ २०७८

निर्माण सम्पन्न भएर पनि सडक  एप्रोच सडकको ट्रयाक खोल्ने विषयमा विवाद हुँदा झण्डै तीन महिनासम्म सञ्चालनमा आउन नसकेकाे नुवाकोट–धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बुधबारदेखि सञ्चालनमा आएको छ । 

नुवाकोटको बेलकोटगढी नगरपालिका –५ केउरेनी र  धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार जोड्ने १९२ मिटर लामो सो पुल जग्गा विवाद मिलेसँगै आइतबारदेखि सञ्चालनमा आएको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

सडकको ट्र्याक खोल्ने विषयमा दुई फोस्रेटारका स्थानीय बासु खतिवडा र अर्जुन खतिवडाको जग्गामा विवाद रहेको र उनीहरुले बाटो दिन सहमति दिएपछि आजै डोजर लगाएर सडक ट्र्याक खोलिएको उनले बताए ।

 विवाद मिलाउनका लागि स्थानीय जनप्रतिनिधिका साथै स्थानीय र सरोकारवालाबीच दिनभर भएको छलफलपछि जग्गाधनी सडक बनाउन जग्गा दिन राजी भएका हुन् ।  पुल सञ्चालनमा आएपछि सो भेगका स्थानीय हर्सित भएका छन् ।

२०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएर पुल निर्माण कार्य अघि बढेको थियो । 
४ वर्षभित्रै निर्माणसम्पन्न गर्नेगरी निर्माण कार्य भएपनि तीन महिनाअघि मात्रै अर्थात निर्माण थालेको झण्डै ७ वर्षपछि सम्पन्न भएको थियो । 

सो पुल सञ्चालनमा आएसँगै गल्छीदेखि केउरिनी हुँदै धादिङबेशी पुग्न छोटो दुरी हुने बताइएको छ भने  नुवाकोटको तारुकालगायतका ग्रामिण क्षेत्रको विकास र समृद्धिमा समेत सघाउ पुग्ने विश्वास गरिएको छ । 

त्रिशूली नदीमाथि पक्की नहुँदा त्रिशूली पारीका स्थानीयले निकै सास्ती भोग्दै आएकामा पुल बनेर सञ्चालनमा आएसँगै यस क्षेत्रको समग्र विकासमा सहयोग पुग्ने स्थानीय रमेश ढुंगानाले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप