रुपन्देहीको सियारी गाउँपालिकामा अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण
मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरूलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको तर अहिले बनेको नयाँ भवनले अत्यन्तै सहज बनाउन सघाउने बताए ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालीकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु
-
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त