प्रहरीको निर्माणाधीन भवनमा एक व्यक्ति मृत फेला

person explore access_timeजेठ १२, २०७८ chat_bubble_outline0

मकवानपुर । हेटौंडामा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–८ पशुपतिनगरमा निर्माणाधीन सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार, मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय आशिष ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए । 
उनका अनुसार मृतक ढकालको शव बुधबार बिहान ८ बजेको समयमा उक्त भवनको ट्रसको छानोको पाइपमा डोरीको पासो लगाइ झुन्डिरहेको अवस्थामा फेला परेको थियो ।  मृतक ढकालको शवलाई हेटौंडा अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

घटनास्थल र प्रकृति हेर्दा मृतक ढकालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।