शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

बुधबार, १२ जेठ २०७८, १८ : २१
बुधबार, १२ जेठ २०७८

काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना नगर्ने १ सय ९८ जनालाई प्रहरीले जरिवाना गरेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार बुधवार मात्रै २२ हजार जरिवाना असुल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप