आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खेलकुद क्षेत्रलाई १ प्रतिशत बजेट छुट्टयाउन माग

बुधबार, १२ जेठ २०७८, १८ : १६
बुधबार, १२ जेठ २०७८

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरिरहेको छ । सो बजेटमा खेलकुद क्षेत्रमा कुल बजेटको कम्तिमा १ प्रतिशत बजेट छुट्याउन सरोकारवालाहरूले माग गरेका छन् ।

नेपाल खेलकुद महासंघले अर्थमन्त्री विष्णु पौडेललाई एक प्रतिशत बजेट छुट्याउन आग्रह गर्दै २१ बुँदे मागपत्र बुझाएको छ । बुधवार मन्त्री पौडेललाई माग पत्र बुझाइएको खेलकुद महासंघका महासचिव मेघराज पौडेलले रातोपाटीलाई बताए ।

महासंघले एसियन र ओलम्पिक खेलमा पदक जितेका खेलाडीका लागी सरकारी निकायमा स्थायी रोजगारी दिन माग गरेको छ । साफ खेलका पदक विजेतालाई दिइँदै आएको प्रोत्साहन भत्ता बढाउन र रोजगारीको व्यवस्था गर्न पनि महासंघले अर्थमन्त्रीसँग आग्रह गरेको छ ।

‘निजामती, प्रहरी, सेना र निगममा कर्मचारी पदपूर्ति गर्दा खेलकुद क्षेत्रको लागि छुट्टै कोटा तोक्न माग गरेका छौं’ खेलकुद महासंघका महासचिव मेघराज पौडेलले रातोपाटीसँग भने- ‘सार्वजनिक तथा सामुदायिक विद्यालय तथा महाविद्यालयहरूमा खेलकुद शिक्षकको अनिवार्य व्यवस्था गर्न माग गरेका छौं ।’ महासंघले पुर्वाधार विकासका लागी आवश्यक बजेट बिनियोजन गर्न आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप