शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इराक पुग्यो नेपाली फुटबल टोली

बुधबार, १२ जेठ २०७८, १७ : ४६
बुधबार, १२ जेठ २०७८

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबाट ३ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप