शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त भएपछि बिरुवा रोप्दै कंगना

बुधबार, १२ जेठ २०७८, १६ : ४६
बुधबार, १२ जेठ २०७८

भर्खरै मात्र अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भइन् । यसपछि उनी हिमाञ्चल प्रदेशको मनालीस्थित घरमा फर्किएकी छिन् ।

अहिले कंगना रनावत आफ्नो घरमा परिवारसँग समय बिताइरहेकी छिन् ।

कंगनाले केही फोटोहरु सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममार्फत सार्वजनिक यी फोटोमा उनी बिरुवा रोप्दै गरेको अवस्था देखिन्छिन् । कंगनाले आफ्नो घरको आँगनमा बिरुवाहरू रोपेकी हुन् ।  उनले अन्य मानिसहरुलाई पनि रुख रोप्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमा कंगना निकै सक्रिय रहन्छिन् । धेरैपटक उनले सामाजिक सञ्जालमार्फत विवादास्पद बयान दिएकी छिन् । उनी कहिले चर्चा र प्रशंशा बटुल्छिन् त कहिले ट्रोलको शिकार पनि भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप