थप सात अस्पतालमा अक्सिजन प्लान्टको काम सुरु
वाग्मती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिन्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो ।
करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ । प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट जडान भइसकेका छन् । मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक÷एक जिल्ला एक पिसिआर मेशिन’ को निर्णय गरेको थियो ।
निषेधाज्ञा थप
कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधाज्ञाको समय दोस्रोपटक थपिएको हो । यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी