शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा कार्यकर्ताले जलाए ठाकुर र ओलीको पुत्ला

बुधबार, १२ जेठ २०७८, १३ : ४६
बुधबार, १२ जेठ २०७८

जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पुत्ला जलाएका छन् । सिरहाको सखुवानन्कारकट्टीमा प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरको पुत्ला जनाएका हुन् ।

प्रधानमन्त्री ओली प्रतिगमनकारी हुन् र उनका लागि साथ दिने अध्यक्ष ठाकुर पनि प्रतिगामी भएका हुनाले विरोध स्वरुप उनीहरुको पुत्ला जलाइएको जसपा नेपालका स्थानीय नेता दीपेश यादवले बताए । जसपा नेपालका अध्यक्ष ठाकुर प्रधानमन्त्री अ‍ोलीलाई साथ दिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाएका छन् ।

एउटै पार्टी सत्ता समीकरणका लागि विभाजित अवस्थामा पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताले एक अर्कामाथि आरोप लगाएर विरोध गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप