शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरु

बुधबार, १२ जेठ २०७८, १० : १०
बुधबार, १२ जेठ २०७८

सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने सन्दर्भमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मुडमा देखिएको छैन ।  बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका भने सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुन कुमारी चौधरी अनुपस्थित छिन् ।

सरकारबाट फिर्ता हुने विषयमा खनाल नेपाल पक्षमा एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको थियो । तर सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता  लिने निर्णय गरिसकेको छ ।
 साथै आफ्ना मन्त्रीहरूलाई २४ घण्टाभित्र सरकारबाट बाहिरिन केन्द्रको निर्देशन छ । उक्त समयसीमा बैठक नै बस्न नसकेर गुज्रिएको छ । मंगलबार बिहान संसदीय दलको नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफनो पक्षका सांसदहरुलाई छलफलका लागि बोलाएका थिए ।

मंगलबार बिहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरु दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिएका थिए । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदुरपश्चिम प्रदेशमा एमालेका सभामुख बाहेक २४ जनामा नेपाल पक्षका १८ र केपी पक्षका ६ जना सांसद रहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप