बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका १२ नेताको स्पष्टीकरण ‘एक दिन’ होल्ड : आज पठाइँदै

बुधबार, १२ जेठ २०७८, ०९ : ३९
बुधबार, १२ जेठ २०७८

नेकपा एमालेले आज (बुधबार) पार्टीका विघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले झलनाथ खनाल- माधव नेपाल पक्षका १२ जना सांसदलाई  सोमबारबाटै लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण  बुधबारमात्रै पठाउने भएको हो ।

बैठकले सोमबार ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै थप १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार बुधबार पत्र पठाउन लागिएको एमालेको केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकले सोमबार निर्णय गरेको भएपनि पत्र तयार पार्न समय लागेकाले बुधबारमात्रै स्पष्टीकरणको पत्र पठाउन लागिएको तामाङको भनाइ छ । ‘पत्र तयार भएपछि आज पार्टी अध्यक्षले सहि गर्नुहुन्छ अनि पठाउँछौ’, तामाङले भने, ‘ सवै उपाय अपनाएर इमेल, भाइबर र हार्ड कपि पठाउँछौ ।’ 

एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप