शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
ज्योतिष कुना

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

बुधबार, १२ जेठ २०७८, ०६ : ००
बुधबार, १२ जेठ २०७८

विसं २०७८ साल जेठ १२ गते बुधबार । इस्वी सन् २०२१ मे २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । वैशाख शुक्लपक्ष । तिथि–पूर्णिमा, ३० घडी ३४ पला, बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अनुराधा, ५३ घडी ५२ पला, रातको ०२ बजेर ४५ मिनेट उप्रान्त ज्येष्ठा । योग–शिव, ४८ घडी ०५ पला, रातको १२ बजेर २६ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा, बिहान ०६ बजेर ४० मिनेट उप्रान्त बव, बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–वृश्चिक । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी ०६ पला । 

पूर्णिमव्रत, चण्डीपूर्णिमा, गौतमबुद्ध जयन्ती, कुर्म जयन्ती, वैशाख स्नान समाप्ति, घाँटु नृत्य विसर्जन, उभौली पर्व, बन्दीकापुरे चण्डेश्वरीरथ यात्रा, गोरखनाथजयन्ती, (स्वायपुन्हि) रानीकोट श्रीवाघभैरव पर्व, ल.पु. गोटीखेल वैतरणीधामस्नान ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
समय मध्यम रहेकाले कुनै व्यापार व्यवसायमा लगानी गर्नका लागि केही दिन कुर्नु होला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरू अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हाबी हुनाले कामहरू समयमा सम्पन्न हुँदैनन् । पढाइलेखाइमा एकरूपमा नहुँदा अरूभन्दा पछिपरिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना छ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
औषधिजन्य व्यापारमा लगानी गर्नेहरूले मनग्य आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो योग छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुँदा आर्थिक रूपमा कमजोर भएको महसुस हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइलेखाइमा ध्यान नजाँदा अरूभन्दा पछिपरिनेछ । मायाप्रेममा नजिक हुन खोजे पनि अर्काको भावना नबुझ्दा मनमुटाव बढ्नेछ । न्यायिक निर्णयहरू तपाईंको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरूलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । मायाप्रेमका कोपिलाहरू फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपाईंको काम गर्ने शैलीको धेरैले प्रशंसा गर्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
पहिलेका कमीकमजोरीहरूलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग छ । पढ्नेलेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घरजग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।
 
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुःख पाइनेछ । दाजुभाइ तथा छिमेकीको साथ नपाइने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्रतिस्पर्धामा तपाईंको पक्षमा निर्णय नआउँदा मानसिक तनाव बढ्नेछ । विद्यामा गरिएको लगानीबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भए पनि अन्ततः एकअर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अध्ययनमा रुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुनाले एकअर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइलेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ । समयमा काम सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइलेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ, ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ । कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्य आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
 
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
राज्यबाट अनावश्यकझँै झमेला भोग्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा नगर्दिनाले महत्त्वपूर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरू साँघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरूकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्तिमा अरूले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रेमको ठोरो कसिनुको साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । धर्मकर्ममा मन जानेछ भने प्रविधिको प्रयोगमार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप