अमेरिकी राष्ट्रपति बाइडेन र रसियाका राष्ट्रपति पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भेटवार्ता हुने कुराको पुष्टि गरेको छ । पछिल्ला वर्ष अमेरिका र रसिया बीचको सम्बन्ध त्यति राम्रो छैन ।
बाइडेन र पुटिनले पनि एक अर्कालाई धेरै पटक व्यक्तिगत रुपमा टिप्पणी गर्दै आइरहेका छन् । यसअघि राष्ट्रपति बाइडेनले एबीसी न्युजसँगको कुराकानीका क्रमममा रुसी राष्ट्रपति पुटिनमाथि सन् २०२० को अमेरिकी चुनावमा गडबड गरेको आरोप लगाउँदै त्यसको मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । बाइडेनले एक साक्षात्कारमा पुटिनलाई एक ‘घातक’ व्यक्तिको संज्ञा समेत दिएका थिए ।
त्यसको जवाफमा पुटिनले बाइडेनलाई रुसी टेलिभिजनमार्फत आफुसँग लाइभ कुराकानी गर्न चेतावनी दिएका थिए । मंगलबार ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले भने– ‘ जुन १६ को बैठकमा सबै मुद्दाहरुमा छलफल हुन्छ । ती मुद्दाहरु के–के हुन् सबैलाई थाहा भएकै कुरा हो । हामी रुस र अमेरिकाबीच सम्बन्ध सुधार गर्न र विश्वव्यापी मुद्दाहरुमा सहयोग गर्न चाहान्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?